• ३ आश्विन २०७७, शनिबार
बोदेबर्साईनमा चट्याङ लागेर एक किसानको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीमा आइतबार बिहान चट्याङ लागेर एक किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतबाट गहुँ भित्र्याउन क्रममा बिहानै खेत पुगेका सप्तरीको बोदेबर्साइन नगरपालिका–८ सोनापुरका ६० वर्षीय मोहन साहको चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी चौकी काचानको अनुसार आइतबार खेतमा गहुँको बोझा बाँध्न गएका बेला चट्याङ लागेर साहको मृत्यु भएको थियो ।

उनको शव पोष्टमार्टमका लागि लहान लगिएको जनाएको छ ।

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech