• ४ आश्विन २०७७, आईतवार
सप्तरीमा भीषण हावाहुरी : ७ लाखभन्दा बढिको क्षति
  • स्टुडियाे संवाददाता

सप्तरीमा आइतबार आएको भीषण हावाहुरीले लाखौंको क्षति गरेको छ ।आइतबार बिहान आएको भीषण हावाहुरीको कारण  सप्तरीको डाकनेश्वरी नगरपालिका ३ स्थित करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

हावाहुरीबाट विभिन्न घर ,रुखहरुमा आंशिक क्षति गरेको छ भने कुखुरा फार्म घर लाडेर लाखौंको क्षति भएको स्थानीयले बताए । उक्त नगरपालिका बस्ने  महेन्द्र रायको कुखराको फर्म क्षति हुँदा ३ लाख रुपैयाँ, महेन्द्र सदाको घर लडेर २ लाख ५० हजार रुपैयाँ र राजेन्द्र साहको घर लडेर २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएका छ्न ।

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech