सिरहा जिल्लामा जिउँदै जलाईएकी कञ्चन परिवारलाई आर्थिक सहयोग गरेको छ ।
सिरहामा आफ्नै पति र सासुले जिउँदै जलाएपछि सुष्मा कोईराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा २१ वर्षीय कञ्चनदेवी मण्डलको मृत्यु भएको थियो ।
मृत्कका पितालाई १०० ग्रुपका बब्लु गुप्ता ,ओस नेपाल, ई नेपालिजका सच्ची मैनाली , नवजीवन परोपकार समाज सेवाका दुर्गानाथ दाहाल र उनको समूहले १ लाख दश हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेका छन् ।
त्यसै गरि कन्चनकी १ वर्षीय छोरीलाई उक्त समुहले रेखदेख र पालनपोषणमा सहयोगको लागि रकम सँकलन गरेर हस्तान्तरण गरिएको दाहालले बताए ।
अहिले श्रीमान फरार रहेको र सासू आमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । थप अनुसन्धान र कामकारबाहीको लागि सासुलाई प्रहरी आफ्नो कसट्डिमा राखेको जनाएको छ ।