• २ आश्विन २०७७, शुक्रबार
वेवारिसे अबस्थामा भेटिएको २ बालबालिकालाई बालगृहमा जिम्मा लगाईयो
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

जिल्ला सिरहामा विभिन्न समय र ठाउँमा भेटिएको दुई बालबालिकालाई सानो पाईलाको जिम्मा लगाएको छ ।

सिरहामा अल्पत्र परि प्रहरीको रेखदेखमा रहेका एक ५ वर्षीय बालक र अर्को ३ वर्षीय बालीकालाई बालगृहमा राख्न सिरहा प्रहरीले जनकपुर जिल्ला प्रहरी कार्यालय ल्याई सानोपाइला द्वारा सन्चालित सानोघरलाई बुझाएको हो ।

समाजिक अभियन्ता सरोज रायले प्रहरीको सहयोगमा यि बालबालिकालाई सानो पाईलाको बालगृहमा बुझाएको छ ।

अभियन्ता सरोजका अनुसार गत चैत १२ गतेको दिन सिरहा जिल्ला सिरहा न.पा. वार्ड न. ६ बसविट्टा स्थित वेवारिसे अवस्थामा वडा प्रहरी कार्यालयले ५ वर्षीय बालक मन्जय पाटीललाई फेला पारेको थियो। बालक सित सोधपुछ गर्दा बुवाको नाउ गणेश पाटील र घर मुम्बई बताउंदै आएको छ।

 

र यस्तै चैत २७ गतेको दिन पूर्व पश्चिम लोकमार्गको गागन पुलदेखि लगभग १ किमी दक्षीण गोलबाजार न.पा. २ स्थित गागन खोलाको किनारमा स्थानिय वासी विहान ६:४५ को समयमा घुमफिर गर्न जांदा वेवारिसे अवस्थामा करिव ३ वर्षीय बालिका लाई देख्दा प्रहरीलाई खबर गरेको थियो । फेला परेकी बालिका अपांग पनि रहेकी छिन र अहिले सम्म इलाका प्रहरी कार्यालय गोलबाजारको संरक्षणमा रहेको थियो।

यसैगरी बालबालिका लाई चिन्हु हुनेले कुनै पनि जानकारी सिरहा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय र धनुषाको जिल्ला प्रहरी कार्यालयमा दिन सक्नु हुने सरोजले बताए ।

  • १५ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech