सप्तरीको राजबिराजमा आज आइतबार नर्सिङ कलेजको शिलान्यास गर्दै गजेन्द्रनारायण सिंह अस्पताललाई पाँच सय शैय्याको अस्पतालमा बनाउने उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बताए ।
यादवले आइतबार राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ्ग कलेज भवनको शिलान्यास गर्दै यस्तो कुरा बताएका हुन । गजेन्द्र नारायण सिंह अस्पताललाई पाँच सय शैय्याको अस्पतालमा परिणत गर्ने योजनाका साथ गृहकार्य भइरहेको बताउँदै उपप्रम यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रारम्भिक तयारी अघि बढिसकेको जानकारी दिए ।