• २ आश्विन २०७७, शुक्रबार
मामाको जन्ती गएका ११ वर्षीय बालक वेपत्ता
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

११ वर्षीय लक्ष्मण मामाको बिहे जाने खुशी थिए । शुक्रबार देखि मामाको बिहेमा जन्ती गएका लक्ष्मण तीन दिनदेखि वेपत्ता भएका छन् ।

लक्ष्मणका बुवा आमा खोजी गरे पनि आफ्नो छोरा नभेटेपछि निरास भएको छ । शुक्रबार राती सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोका जागेश्वर यादवका ११ बर्षीय छोरा लक्ष्मण यादव सोही गाउँपालिकामा आफ्ना मामाको जन्ती गएका थिए । उनी तीन दिन देखि सम्पर्क बिहिन छ ।

 

जन्ती गएका बालक एक्कासी वेपत्ता भएको परिवारजनको भनाई छ । सबैतिर खोजे तर कहि कतै नभेटेको परैवारको भनाइ छ । साथै उक्त बालाक भेटिए नजिकैको प्रहरी कार्यालय मा जानकारी गराउनु हुन अनुरोध गरेको छ । यता उनको खोजी गरिदिन परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएका छन् ।

 

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech