• ७ बैशाख २०७८, मंगलवार
नगर स्तरीय क्रीकेट टिम छनोटको लागि डाक्नेश्वरी नगर कप शुरु
  • स्टुडियाे संवाददाता

 

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा संचालित डाक्नेश्वरी नगर कप २०७६ बैशाख १५ गते आइतबारदेखि शुरु भएको छ ।

डाक्नेश्वरी युवा प्रतिष्ठान सप्तरीद्वारा संचालित उक्त कपको पहिलो खेलमा डाक्नेश्वरी ५ र ८ बिच विशेष जोडदारको साथ भएको थियो ।

त्यसैगरी दोश्रो दिनको खेलमा डाक्नेश्वरी नगरपालिका २ र ३ ,६ र ७ भिड्ने आयोजक टिम्ले जनाएको छ । सप्तरी जिल्लाको डाक्नेश्वर नगरपालिकामा नगरपालिकाको आर्थिक सहयोगमा डाक्नेश्वरि युवा प्रतिष्ठानद्वारा नगर कप टि-ट्वान्टी क्रीकेट प्रतियोगिता आयोजना गरिएको हो । साथै प्रतियोगिताबाट नगर स्तरीय क्रीकेट टिम छनोट समेत गरिनेछ।

उद्घाटन खेलमा प्रमुख अतिथि प्रतिनिधि सभा सदश्य मन्न्नीय चन्द्रकान्त चौधरी तथा विशेष अतिथि प्रदेश सभा सदश्य माननीय बिदेश्वर प्रशाद यादव (बिक्की यादव),डाक्नेश्वारी नगरपालिकाका प्रमुख शिव नारायण शाह , नगरपालिका उपप्रमुख श्रीमती इन्दु देवी यादव लगायत स्थानीयहरु उपस्थित रहेकोे थियो ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech