• २ आश्विन २०७७, शुक्रबार
मिस नेपालद्वारा हावाहुरी पीडितलाई किट प्रदान
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

मिस नेपाल शृङखला खतिवडाले वीरगञ्ज महानगरपालिका–१८ सौराहामा आँधी प्रभावितलाई ॅडिग्निटि किट’ हस्तान्तरण गरेकी छिन् ।

ॅवुमन फर वुमनद्वारा गत चैत १७ गते आएको आँधी प्रभावित महिला तथा किशोरीलाई लक्षित गरी सञ्चालित ॅएक परिवार एक झोला’ अभियान अर्न्तगत खतिवडाले राहत वितरण गरेकी हुन् ।

अभियान अर्न्तगत आइतबार वीरगञ्ज महानगरपालिकाको सौराहा, जगरनाथपुर, मनियारीस्थित मुसहर र चमार समुदाय बस्ने दलित बस्ती, बहुदरमाइको पटनीमा ३६० जनालाई किट वितरण गरिएको हो ।

अभियानमार्फत आँधी प्रभावित पर्साको सुखचैना, बाराको भलुही भरबलीया, पुरैनिया, खुट्वा प्रसौनी, हर्दियालगायतका स्थानमा गरी १७ सय किट वितरण गरिसकेको ॅवुमन फर वुमन’ले जनाएको छ ।

हावाहुरी प्रभावित परिवारमा कम्तीमा तीनजना महिला हुने अनुमानसहित ॅडिग्निटी किट’ तयार गरिएको छ ।

किटमा विशेषगरी महिलाको शारीरिक स्वास्थ्यसँग सम्बन्धित सामग्री राखिएको छ । किटमा स्याम्पु ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३ थान, अण्डर गार्मेन्ट ६ पिस, टावेल २ वटा, झुल २ वटा, तेल १ बोतल, टुथ ब्रस ५ वटा, टुथ पेष्ट २ वटा, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ थान, नेल कटर र काईयो एक/एक वटा राखिएको छ । एउटा किट बराबर २१ सय रुपैया पर्छ ।

अभियानका लागि ५० हजार आर्थिक सहयोगसमेत गरेकी उनले राहत लिन जम्मा भएका महिलालाई सेनेटरी प्याड प्रयोग गर्ने तरिकाको बारेमा समेत जानकारी गराएकी थिइन् र उनले साबुन पानीले हात धुने तरिकाको बारेमा सिकाउँदै व्यक्तिगत र परिवारको स्वास्थ्यको बारेमा गम्भिर हुन महिलालाई आग्रह गरिन् ।

उनले देशभर ग्रामीण क्षेत्रका महिलालाई हाईजिन, सेनेटरी प्याड प्रयोग गर्ने तरिका, हात धुने जस्ता स्वास्थ्यसम्बन्धी जानकारी सिकाउन आवश्यक रहेको बताइन् ।

आमा प्रदेश सभासद एवं नेकपा मकवानपुरको अध्यक्ष मुनु सिग्देलसँगै आएकी खतिवडा हावाहुरीले बढी क्षति पुर्याएको भलुही भरवलिया पनि पुगेर प्रभावितको अवस्था बुझे फर्केकी छिन् । उनले तराई मधेसको जीवन पद्धती नै बुझ्ने सोच आफूले बनाएकोले पछि पनि आउने बताइन् ।

खाद्यान्न तथा विभिन्न समग्रीहरु अन्य क्षेत्रबाट सहयोग आइरहेको भएपनि बालबालिका र महिला लक्षित सामग्रीमा खासै ध्यान नपुगेपछि वीरगञ्जमा विभिन्न क्षेत्रमा आवद्ध महिलाहरुले महिलाको लागि महिला अभियान सञ्चालन गरेका थिए ।

सामाजिक सञ्जालमार्फत सञ्चालित अभियानमा स्वदेश तथा विदेशबाट दाताहरुले सहयोग समेत पठाएका छन् । आईतबारबाट अभियानलाई बन्द गरिएको अभियानमा सहयोग पुर्‍याउँदै आएका नेकपाका युवा नेता अरवीन्द सिंहले जानकारी दिए ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech