• ३ आश्विन २०७७, शनिबार
स्थानीय तहमा कर्मचारी भर्ना केन्द्रबाटै गर्ने तयारी
  • स्टुडियाे संवाददाता

 

केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्त दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवश्यक प्रक्रिया थालेको हो।

सोअनु्सार विभिन्न १०० वटा स्थानीय तहले रिक्त कर्मचारीे विवरणसहितको मागआकृति फाराम भरेर मन्त्रालयमा पठाएको समाचार राजधानी दैनिकमा छ।

संविधानले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको अधिकार प्रदेश लोकसेवा आयोगलाई दिएको छ। तर, प्रदेश सरकारले लोकसेवा आयोग गठन गर्न र लोकसेवा परीक्षाको पाठ्यक्रम तथा मापदण्ड निर्धारण गर्न तत्काल नसक्ने भन्दै केन्द्रीय सरकारले एकपटकका लागि स्थानीय तहमा रिक्त कमचारीको पदपूर्ति प्रक्रियाको गृहकार्य अघि बढाएको हो।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech