• २७ बैशाख २०७८, सोमबार
मण्डलामा चिसो भञ्ज्याङ, पूर्वी पहाडको प्रतिबिम्ब
  • स्टुडियाे संवाददाता

मण्डला थियटरमा यतिबेला नाटक चिसो भञ्ज्याङ मञ्चन भइरहेको छ । नाटक चिसो भञ्ज्याङ सन्दिप श्रेष्ठले लेखेका हुन् । प्रसिद्ध उपन्यास ‘अटोम्मेन्ट’ मा आधारित नाटक पुष ७ गते देखि मञ्चन भइरहेको छ । नाटक पुष ३० गते सम्म मञ्चन हुनेछ।

नेपालको पूर्वी पहाडी गाउँको कथामा आधारित नाटक ‘चिसो भञ्ज्याङ’मा त्यहाँको मौलिक कला र संस्कृतिसँगै सामन्ती प्रवृतिबाट आजित नागरिकको दैनिकीलाई प्रस्तुत गरिएको छ। नाटक एक मेलावाट सुरु हुन्छ । बाबु साहेव जो गाउँमा सोसक सामन्ती हुन्छन । उनकै छोरी मुना र उसकै घरमा काम गर्नेको छोरा आलोक सगको प्रेम प्रसंगलार्इं देखाइएको छ । समाजमा ठुलो सानो वर्गबिचको विवेद कस्तो छ र उनीहरुले गर्ने ब्यबहार बारे देखाउन खोजिएको छ ।

सोसक सामन्तीहरुले गर्ने उत्पीडन, अन्यायहरु अन्त्य गर्ने युवाहरुको प्रयास रहेको छ । नाटकमा माओवादी जनयुद्धका केहि झलकहरु देख्न सकिन्छ । नाटकमा एउटै कलाकारले बिभिन्न भुमिका निभाएका छन ।

मानिसबाट थुप्रै गल्ती हुन्छन्। कति जानीजानी हुन्छन्। कति अञ्जानमा। जीवन सत्य र झुटबीच रुमल्लिरहने मेला हो भन्ने सन्देश नाटक चिसो भञ्ज्याङले दिएको छ।

नाटकमा अनुज न्यौपाने, पुजा लामा ,सविना गोपाली, दिपिका ढकाल, रोशन सुवेदी, बारात लिम्वु, सन्जिव राई, बिकास पन्त, सीता राना मगर,सगुन पोखरेल, उदय लिम्वु, विवेक रसाइली, अनुजा अधिकारी, समापिका गौतम र प्रतिक दुलालको अभिनय देख्न सकिन्छ ।

  • १२ पुष २०७४, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech