• ८ आश्विन २०७७, बिहीबार
नदि किनारमा एक किशोरीको शव फेला
  • स्टुडियाे संवाददाता

 

कपिलवस्तुको वाणगंगा नगरपालिकामा एउटा घटना साम्य हुन नपाउदै पुनः गएराति अर्काे उस्तै घटना दोहोरिएको छ ।

वाणगंगा नगरपालिका वडा नम्बर८ अन्र्तगत वाणगंगा नदी किनारमा एक किशोरीको हत्या भएको छ । वाणगंगा नगरपालिका वडा नं ८ बालापुरमा स्थानिय सुनिता थारुको हत्या भएको हो । बालापुर निवासी २१ बर्षीय थारुको हत्या विभत्स भएको छ ।

सुनिता संगै उनका परिवारले आइतबार राती नौ बजेको समयमा नुहाउन भन्दै वाणगंगा नदीमा लगेका थिए । तर, उनलाई नुहाउने निहुँमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्याबारे थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पिपराले श्रीमान सहित तीन जनालाई अहिले नियन्त्रणमा लिएको छ ।

सुनिताको हत्या गरि शब फालिएको स्थानलाई प्रहरीले छेकेर राखेको छ ।थारुको एक बर्ष अघी प्रेम विवाह भएको बताइएको थियो । अहिले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको छ ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech