• ६ आश्विन २०७७, मंगलवार
सप्तरीमा २५ हजार घुससहित  वडाध्यक्ष पक्राउ
  • स्टुडियाे संवाददाता

 

सरकारले ०७५ साल १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर, घुस लिन छाडेनन्।

प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक वर्ष नबित्दै विभिन्न सरकारी कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे।

यसैगरी सप्तरीमा एक वडाध्यक्ष २५ हजार घुस लिँदै गर्दा सोमबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिकाका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियालाई २५ हजार घुससहित पक्राउ गरेको हो ।

वडाध्यक्ष मियाँले एक जना सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार बिहान रंगेहात पक्राउ गरेको हो । पक्राउ परेका वडाअध्यक्ष मियाँमाथि मुचुल्का उठाई आवश्यक अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech