• ५ आश्विन २०७७, सोमबार
ठक्कर दिएर भाग्दै गरेको मोटरसाइकल चालकको मृत्यु
  • स्टुडियाे संवाददाता

 

सर्लाहीमा हरिवन नगरपालिकामा एक साइकल यात्रीलाई ठक्कर दिएर भाग्दै गरेको एक मोटरसाइकल चालकको दुर्घटनामा परी ज्यान गएको छ।

ठक्कर दिएर स्थानीयलाई छलेर मोटरसाइकल लिई भाग्ने खोजेपछि अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक सर्लाहीको हरिवन नगरपालिका १० सुखेपोखरी बस्ने ३८ वर्षीय राजेश श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार राति १० बजे हरिवन नगरपालिका ११ स्थित बासाटोलमा श्रेष्ठले चलाइरहेको बा २९ प ८३१८ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पल्टँदा उनी गम्भीर घाइते भएका थिए। श्रेष्ठलाई तत्काल उपचारका लागि नमूना अस्पताल हरिवन पुर्याए पनि उपचारको क्रममा आज मृत्यु भएको हो।

अत्याधिक मदिरा सेवन गरेका श्रेष्ठले पूर्व-पश्चिम राजमार्गस्थित नवलपुरमा साइकल यात्रीलाई ठक्कर दिएको र भाग्ने क्रममा तीब्र गतिमा चलाएको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

साइकल यात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल लड्दा श्रेष्ठले लगाएको हेल्मेट नवलपुरमै झरेको थियो। उनी हतार हतार उठेर हेल्मेट नै नलगाई भागेको र प्रहरी चेकजाँचको डरले भित्री बाटो तीब्र गतिमा भाग्दै गर्दा दुर्घटनामा परेका हुन्।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech