• ५ आश्विन २०७७, सोमबार
स्कारपियो दुर्घटना हुँदा चालक घाइते
  • स्टुडियाे संवाददाता

 

नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका ४ हरैयामा आइतबार मध्यरातमा स्कारपियो दुर्घटना हुँदा चालक घाइते भएका छन्।

हरिपुरबाट मलंगवातर्फ गइरहेको बीआर ३१ पिए ४३५४ नम्वरको स्कारपियो अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएर चालक घाइते भएको हो।

दुर्घटनामा घाइते स्कारपियो चालक मलंगवा नगरपालिका ३ का ३१ वर्षीय कृष्ण जयसवालको मलंगवामा उपचार भइरहेको छ।

स्कारपियोका चालक जयसवालले पनि मदिरा सेवन गरेको पाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech