• ७ बैशाख २०७८, मंगलवार
सप्तकोसी नगरपालिकाको कार्यलयमा तालाबन्दी
  • स्टुडियाे संवाददाता

 

सप्तरीको सप्तकोसी नगरपालिकामा असन्तुष्ट पक्षले तालाबन्दी गरेको छ । सप्तकोशी नगरपालिकाको कार्यलय प्रमुखको कार्य कक्षमा जनताको काम नगरेको भन्दै स्थानीय जनप्रतिनिधिहरुले आइतबार तालाबन्दी गरेका हुन।

सप्तकोसी नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरुले जनताको काम गर्न आदेश दिए पनि काम नगरेको भन्दै तालाबन्दी गर्नु परेको बताए । उक्त कार्यालयमा केहि महिना अगाडि शिक्षा शाखामा उप सचीवको रूपमा कार्यलय प्रमुख राम देब चौधरीको कार्यकक्षमा जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन।

नगरपालिकाका कार्यलय प्रमुख राज कपुर चौलागाईं सरुवा भएर अन्यत्र गएपछि निमित्त कार्यलय प्रमुखको कार्य कक्षमा चौधरी बस्दै आएको थियो ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech