• ४ आश्विन २०७७, आईतवार
लोहजराका अग्नीपीडितहरुलाई धर्मी हल्फाको राहत
  • स्टुडियाे संवाददाता

 

सप्तरीको तिरहुत गाउपालिका ५ लोहजराका अग्नीपीडितहरुलाई धर्मी हल्फाले राहत बितरण गरेको छ ।

धर्मी हल्फा महिला विकास कल्ब सप्तरीद्वारा लोहजराका अग्नि पीडितहरु राम प्रकाश यादव र जय प्रकाश यादवका पत्नी सरिता यादवलाई सोमबार राहत प्रदान गरेको हो ।

अग्नीपीडितहरु राहतस्वरूप त्रिपाल,झुल,धोती ,साडी ,तन्ना,थाल,गलास,कराहि,डेकची,पन्नु लगायतका राहत सामाग्रीहरु बितरण गरेको धर्मी हल्फा महिला विकास क्लव सप्तरीको अध्यक्ष एवम् समाजसेवी इञ्जिनियर सूर्य नारायण यादवले जनाएको छ ।

उक्त बितरण कार्यक्रममा पत्रकार दिना नाथ यादव,समाजसेवी सत्य नारायण झखरैत यादव लगायतका बुद्धिजीवी तथा भरभलादमीहरुको उपस्थिति रहेकोे ईन्जिनियर यादवले बताए । तस्बिर सौजन्य : ईन्जिनियर सुर्य नारायण यादव ।

  • १६ बैशाख २०७६, सोमबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech