• ८ आश्विन २०७७, बिहीबार
बालबिबाह रोकियो , जन्ती बाटोबाटै फर्के
  • स्टुडियाे संवाददाता

 

सिरहाको मिर्चैया नगरपालिका १२ मा बालबिबाह रोकिए पछि जन्ती बाटोबाटै फर्केका छ्न । उक्त नगरपालिकाका वडा अध्यक्ष वडाअध्यक्ष र प्रहरीको सक्रियतामा सिक्रौन गाउँमा गएराति १५ वर्षकै उमेरमा गर्न लागिएको बालबिबाह रोकिए छ ।

लहान नगरपालिका २४ की सियाकुमारी कामैतको अभिभावकले ती बालिकालाई आफन्तको घरमा लगेर विवाह गराउन थालेपछि स्थानीय वडाअध्यक्ष र प्रहरीको सक्रियतामा उनको विवाह रोकिएको हो।

बिबाह रोक्न सिक्रौनका वडाअध्यक्ष तपेश्वर यादव र प्रहरी पुगेको खबर पाएपछि जन्ती बाटोबाटै फर्केका छन्।बालिकाको उमेर नपुगेका थाहा पाएपछि अधिकारकर्मीले प्रहरीलाई खबर गरेको थियो।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech