• २ आश्विन २०७७, शुक्रबार
राजबिराजमा मैथिली भोजपुरी स्टार धामाका हुँदै
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

राजबिराजमा मैथिली र भोजपुरी स्टारहरुको प्रस्तुतिमा मैथिली भोजपुरी धामाका हुँदै छ । सप्तरीको राजविराजमा मैथिली भोजपुरी साँगित कार्यक्रमको नौलो प्रस्तुतिमा उक्त स्टार धामाका आउदो बैशाख २० गतेबाट हुनेभएको छ ।

दिनाभद्री फिल्मस प्रालिको प्रस्तुतिमा मैथिली भोजपुरी स्टार धमाका कार्यक्रम राजबिराजको राज रंगशालामा दिउँसो २ बजेदेखि हुने भएको छ ।

मैथिली एवम् भोजपुरी भाषाका स्टारहरु मैथिली सुपर स्टार सन्नु कुमार मण्डल ,अन्जु यादव , अरुणकान्त यादव, भोजपुरी नायिक काजल राधवानी लगायत मैथिली तथा भोजपुरी सुपर स्टारहरुले बृहत प्रस्तुति रह्ने जनाएको छ । त्यसैगरी कार्यक्रममा स्मृति गिरी, गायक रँजित शर्मा सहित प्रसिद्ध नृत्याँगना कशिश दाहाल, ममता पण्डितले मनोरञ्जन कार्यक्रम प्रस्तुति रह्ने छ ।

टिकट सप्तरी र सिरहाको विभिन्न पसलमा किन्न पाउन ब्यबस्था मिलाएको छ । साथै एक टिकट खरिद गरेमा निशुल्क पेट पूजा चाउचाउ उपलब्ध गराउने भएको छ ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech