• ३ आश्विन २०७७, शनिबार
लौकहाबाट लागुऔषधओसारपसार गर्ने दुई युवक पक्राउ
  • स्टुडियाे संवाददाता

 

सिरहाको सीमावर्ती भारतीय बजार लौकहाबाट तेलको ग्यालिनमा लुकाएर लागुऔषधओसारपसार गरिरहेको युवा पक्राउ परेका छ्न ।

इलाका प्रहरी कार्यालयका प्रहरी टोलीले लहान २३ गाढास्थित सोमबार राति मोटरसाइकल रोकेर चेकजाँच गर्दा ग्यालिनमा लुकाएर ल्याइएको लागुऔषध सहित दुई युवा पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा सिरहाको लहान ३ का २६ वर्षीय प्रवीणकुमार यादव र वडा नम्बर ८ का २९ वर्षीय अर्जुनकुमार महतो रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार स.७ प ९३९१ नं. को मोटरसाइकल सहित पाँच लिटर क्षमताको प्लाष्टिकको ग्यालिनभित्र लुकाएको ६५८ एम्पुल लागुऔषधबरामद भएको प्रहरीले जनाएको छ। जसमा २०० एम्पुल फेनार्गन, २३८ एम्पुल डायजिल्याव र २२० एम्पुल नोर्फिन रहेको छ।

दुबैलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको र जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech