• ३ आश्विन २०७७, शनिबार
विद्यार्थीले हटाएका सिन्डिकेट लागू भएन ‘पुस्तक महल’ को अबस्था उस्तै
  • स्टुडियाे संवाददाता

 

पुस्तक व्यवसायीले अघोषित रूपमा अपनाउँदै आएको सिन्डिकेट प्रणाली विद्यार्थीले हटाएका पनि पुस्तक महलको अबस्था पहिले जस्तै देखिएको छ ।

सिन्डिकेट प्रणालीविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा उत्रिएपछि ‘पुस्तक महल’ मा तालाबन्दी गरी विद्यार्थी संगठन आन्दोलनमा उत्रिएपछि शनिबार राजविराजमा भएको सर्वपक्षीय बैठकले सिन्डिकेट प्रणाली अन्त्य गर्ने निर्णय गरेको थियो ।तर्, यो निर्णय लागू भएन ।

अहिले पनि पसलमा किताब किन्दा सहमती अनुसार छुट दिने नगरेको अभिभावकहरुको गुनासो रहेको छ । यशअघि निजी विद्यालयको नर्सरीदेखि कक्षा १० सम्मको सम्पूर्ण पुस्तक अंकित मूल्यमा व्यावहारिक रूपमा मिल्न सक्ने छुट दिन पनि व्यवसायीले लिखित सहमति गरेका थिए ।

राजविराजका विभिन्न पुस्तक व्यवसायी मिलेर राजविराजको गजेन्द्र चोकमा पुस्तक महल संचालन गर्दै आएका छन् ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech