• ६ आश्विन २०७७, मंगलवार
बिहेबाट अपहरण भएका बालक भारतबाट उद्दार
  • स्टुडियाे संवाददाता

 

बिहेको भोज खान गएका बालक भारतबाट उद्दार गरेको सप्तरी प्रहरीले जनाएको छ । बालक बैशाख १६ गतेको राती ११ बजेबाट वेपत्ता भएका बालक खेजतलास गर्दा भारतबाट उद्दार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलनमा जनाएको छ ।

 

 

साबिक नर्घो गा.वि.स.वडा नं.८ हाल राजगढ गाउपालिका वडा नं.३ वस्ने भोलेन्द्र यादवले आफ्नो भान्जा वर्ष १२ को बालक स्थानिय ठकन यादवको छोरीको विवाहमा भोज खान गएकोमा बेला रातीको समय देखी हराई वेपत्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरी, महिला तथा बालबालिका सेवा केन्द्रमा हुलिया परिपत्र गरी पाउन निबेदन दिएको हुँदा हुलिया परिपत्र गरी निज बालकको सम्बन्धमा अनुसन्धान तथा खोजतलास गर्दै जाँदा बालक हराई बेपत्ता नभई अपहरण भएको खुल्न आएको पत्रकार सम्मेलनमा बताए ।

 

 

अनुसन्धान, खोजतलास एवम उद्वार कार्यको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी उपरीक्षक राजेन्द्र विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको सितामडी अन्तर्गत शिवहर भन्ने ठाउँमा रहेको होटलमा ल्याई वेवारिसे छाडेको अवस्थमा फेलापारी उद्वार गरी ल्याईएको थियो ।

त्यस्तै अपहरणकारीहरुको सम्वन्धमा थप अनुसन्धान तथा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech