• ४ आश्विन २०७७, आईतवार
मोटरसाइकलले पछाडिबाट साइकललाई ठक्कर दिदा एक मृत्यु
  • स्टुडियाे संवाददाता

 

सप्तरीको कल्याणपुरमा मोटरसाइकलको ठक्करबाट एक साइकल चलक को मृत्यु भएको छ । खडक नगरपालिका ७ स्थित पूर्व–पश्चिम राजमार्गमा भसराज मावि कल्याणपुर अगाडि पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकलले ठक्कर दिदा साइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घाइते साइकल यात्री सप्तरीको शम्भुनाथ नगरपालिका ८ का ६५ वर्षीय हरिहर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। बा६५प १३१ नम्बरको मोटरसाइकलले पछाडिबाट साइकललाई सोमबार राति ठक्कर दिएको थियो।

घाइते ठाकुरलाई सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई कार्यबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech