• ७ आश्विन २०७७, बुधबार
सरकारविरुद्ध नेबिसद्वारा प्रदर्शन
  • स्टुडियाे संवाददाता

 

नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

विभिन्न राजनीतिक दल आवद्ध विद्यार्थी संगठनहरुले मंगलबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन गरेका हुन् ।

निजी विद्यालय र कलेजमा भएको चर्को शुल्कवृद्धि घटाउनुपर्ने, माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने, देशमा बढेको हत्या, हिंसा नियन्त्रण गर्नुपर्ने, कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

विद्यालयहरुमा मनपरि शुल्कवृद्धि हुँदासमेत सरकार मौन बसेको भन्दै उनीहरुले देशमा भ्रष्टाचार र अनियमितताले सीमा नाघेको आरोप लगाएका छन् ।

माइतीघर मन्डलादेखि नयाँबानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका विद्यार्थीहरुले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्

  • १७ बैशाख २०७६, मंगलवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech