• २ आश्विन २०७७, शुक्रबार
बिहेबाट बालक अपहरणमा संलग्न रहेको आशंकामा ३ जना नियन्त्रणमा
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीको राजगढ गाउँपालिका ३ बाट गत शुक्रबार राती ११ बजे अपहरणमा परेका स्थानिय १२ वर्षिय बालक लक्ष्मण यादव भारतबाट उद्दार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबारै आयोजित पत्रकार सम्मेलनमा अपहरण मुक्त गराइएका बालकलाई सार्वजनिक गर्दै परिवारको जिम्मा लगाइएको हो ।

यता राजगढ गाउँपालिकास्थित ज्ञान ज्योती बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक यादवलाई अपहरण गर्ने तीनजना शंकास्पद स्थानिय व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा बाधा पुग्ने र संलग्न अन्य अपराधि फरार हुन सक्ने भएकाले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताए ।

बालक यादव बैशाख १३ गते बिबाहको राती पिसाब गर्न निस्केको बेला अचानक मोटरसाइकलमा आएका दुई तीन जना अपरिचित व्यक्तिले अपहरण गरेको बालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

अपहरणकारीले बालकका काका बिरेन्द्र यादवलाई मोबाइलमा फोन गरि ५० लाख फिरौती रकम माँग गर्दै थिए ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech