• ३ आश्विन २०७७, शनिबार
प्रदेश २ मा फोरम नेपालको अध्यक्षमा मन्त्री यादव निर्वाचित
  • स्टुडियाे संवाददाता

 

संघीय समाजवादी फोरम नेपालको मधेश प्रदेश अध्यक्षमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव निर्वाचित भएका छन् ।

सोमबार राति सिरहाको लहानमा भएको प्रदेश अधिवेशनमा मन्त्री यादवले रेणु यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

मन्त्री यादव फोरमको केन्द्रीय कोषाध्यक्ष समेत हुन् भने रेणु यादव केन्द्रीय उपाध्यक्ष तथा यसअघि प्रदेश अध्यक्षसमेत हुन् ।

मन्त्री यादवले रेणु यादवलाई ३७ मतान्तरले पराजित गरेका छन् । विजयले १ सय ८४ मत पाए भने रेणुले १ सय ४७ मत प्राप्त गरिन् ।

प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । अध्यक्ष र सदस्यको निर्वाचन भएपश्चात १० जना मनोनित गरिनेछ ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech