• ३ आश्विन २०७७, शनिबार
सप्तरीमा संचालित अनुमानिबेगरका स्कुल बन्द भएनन
  • स्टुडियाे संवाददाता

 

अनुमानिबेगर बर्षै देखि संचालनमा रहेका स्कुलहरु अझै बन्द हुन्न सकेको छैन । अख्तियर दुरुपयोग अनुसन्धान आयोगले शिक्षा बिकास तथा समन्वय ईकाईलाई सप्तरीमा अनुमती बेगर संचालित स्कुल बन्द गर्न पत्राचार गर्न निर्देशन गरेको थियो ।

सोही पत्रका अनुसार गत पुस १८ गते बिधालय बन्द गर्न सप्तरीको स्कुलहरुमा सूचना जारी गरियो । तर अहिलेसम्म पनि स्कुल बन्द भएको छैन । राष्ट्रिय प्याब्सन नेपाल सप्तरीका अध्यक्ष बौकु शाहले अयोगको निर्देशन अनुसार अनुमती बेगर
संचालित स्कुलउपर कुनै कार्यवाही हुन नसकेको बताउनुभ्यो ।

बिना अनुमती बेगर संचालन भएका स्कुलको पत्राचार अनुसार बन्द हुने पर्ने तर शैक्षिकसत्र सुरु भएको ३ साता बिदि सक्दा पनि हाल सम्म अनुमती बेगरका स्कुलहरुमाथी कुनै किसिमको कार्यवाही गर्न सकेको छैन ।

सप्तरी जिल्लामा मात्र झन्डै करिब एक सय ५० बिधालय अनुमती बिना संचालित छ्न । त्यस्तै कक्षा एक देखि १० सम्म अनुमति बिना करिब ७० बिधालय संचालित रहेकोे मंगलबारको गोरखापत्रमा धिरेन्द्र प्रसाद साहले समाचार लेखेका छ्न ।

यता अनुमती बिना संचालित बिधालयहरु बन्द गर्न कामकारबाही अघि नबढाएको भन्दै दबाब दिन निजि बिधालयका संगठनहरुले संयुक्त रूपमा सप्तरीका जिल्ला प्रमुख अधिकारीलाइ ज्ञापन पत्र बुझाएका हुन। प्याब्सन ,नेपाल प्याब्सन र राष्ट्रिय प्याब्सनले संयुक्त रूपमा बुझाउनु भएको सात बुदे ग्यापन पत्रमा जिप्रकाकाले सबै स्थानीय तह र शिक्षा ईकाइलाई पत्र लेख्ने भनि तोक आदेश गरेको छ ।

यश सम्बन्धमा शिक्षा बिकास र समन्वय ईकाई सप्तरीका प्रमुख फणीन्द्र खत्रीले आफू बाहेक फाटमा कोहि कर्मचारी नभएकोले अहिले भन्न नसकिने बताउनुभयो । प्रखुम जिल्ला अधिकार सुरेन्द्र पौडेलले बिधालय संचालनका अनुमती दिने नदिने प्रारम्भिक अधिकार स्थानीय तहको रहेको भन्दै यशलाई कार्यान्वयनको लागि स्थानीय तहलाई अनुरोध गरिएको बताउनु भयो ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech