• ६ आश्विन २०७७, मंगलवार
तलब बढ्ने आशमा कर्मचारी, बनेन सिफारिस गर्ने आयोग
  • स्टुडियाे संवाददाता

कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिन उच्चस्तरीय तलब आयोग’ गठन गर्ने घोषणा गरेको थियो।

तर, यो घोषणा कागजमै सीमित हुने भएको छ। अर्थ मन्त्रालयको कार्ययोजनाअनुसार तलब आयोग गत साउनमै गठन भइसक्नुपर्ने थियो। उक्त अयोगले तलब पुनरावलोकन गर्न कात्तिकमा सुझाव दिइसक्ने गरी अर्थले कार्ययोजना बनाएको थियो।

तर, आर्थिक वर्ष सकिन साढे दुई महिना मात्र बाँकी रहँदा सरकार भने आगामी आवको बजेटको अन्तिम तयारीमा रहेको छ। सोही कारण उच्च स्तरीय तलब आयोग गठनको सम्भावना टरेको अर्थ मन्त्रालय स्रोतले बताएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

सरकारले चालु आवको बजेटमा उल्लेख गरेअनुसार योगदानमा आधारित निवृत्तिभरण प्रणाली भने सुरु गरिसकेको छ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech