• ५ आश्विन २०७७, सोमबार
सिरहाको लहानमा १३० औं मजदुर दिवस मनाइयो
  • स्टुडियाे संवाददाता

 

सिरहाको लहानमा पनि मे १ का दिन विभिन्न कार्यक्रम गरी १३० औं मजदुर दिवस मनाईदै छ ।

हरेक वर्ष मे १ तारिखमा मनाइने श्रमिक दिवस लहानमा पनि मनाइँदैछ । सन् १८८६ मा अमेरिकामा आठ घण्टा मात्रै काम गर्नुपर्ने मागसहित सुरु भएको आन्दोलनको स्मरणमा यो दिवस आज विश्वभर मनाइँदैछ ।

राजनीतिक दलमा आबद्ध मजदुर संगठनहरूले विभिन्न कार्यक्रमको आयोजना गरि मजदुर दिवस मनाएको हो । पशुपति आदर्श माध्यमिक बिधालयको प्रांगणबाट रयाली निकाली नगरपालिकाको विभिन्न भाग परिक्रमा गरि लहान नगरसभाको हलमा पुगी सभामा परिणत भएको थियो ।

मजदुरहरुको अधिकारका लाड्ने विभिन्न एक दर्जन भन्दा बढी संघ संघसंगठनहरु र हजारौको संख्यामा रहेका महिला तथा पुरुष श्रमिकहरुको सहभागित रहेका छ्न ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech