• ८ आश्विन २०७७, बिहीबार
किर्ते अभियोगमा सप्तरीबाट थप दुई जना पक्राउ
  • स्टुडियाे संवाददाता

 

किर्ते गरी उपभोक्ता समिति गठन प्रकरणमा प्रहरीले थप दुई जना सप्तरीबाट पक्राउ गरेको छ । यो दुईजना समेत गरि पाँचजनालाई अहिले सम्म पुगेको छ ।

किर्ते गरि उपभोक्ता समिति निर्माण गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारबाट सोमबार साझ थप दुईजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रवजारका दिलिप दास र रमाकान्त ठाकुर रहेको छ्न । राजपाका नेता दास किर्ते उपभोक्ता समितीको सडक निर्माण काम गराउने ब्यक्ति हुन् भने ठाकुर किर्ते गरि गठन गरिएको उपभोक्ता समितिमा छन् ।

उनीहरुलाई भने  मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech