• २ आश्विन २०७७, शुक्रबार
प्रचण्डलाई मुख्यमंत्री राउतको चेतावनी : प्रदेश २ को सरकार ढालेर देखाउ ?
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

नेकपाका अध्यक्ष प्रचण्डलाई मुख्यमंत्री राउतले प्रदेश २को सरकार ढालेर देखाउन चेतावनी दिएको छ ।

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले चुनौती दिदै सरकार ढालेर देखाउन अग्रह गरेको हो ।

मुख्यमन्त्री राउतले आफु धम्कीबाट नडराउने भन्दै भने, ‘हामी त्यस्ता धम्कीबाट डराउने छैनौं ‘। उनले बहुमत पुगे सरकार बनाए हुन्छ, सरकार बनाउन उहाँलाई कसले रोकेको छ र ?’ भने । नेकपा अध्यक्ष प्रचण्डको धम्कीबाट आफू नडराउने प्रष्टियाए ।

राउतले थपे , ‘संघीय सरकारमा भइरहेको भ्रष्टाचार बारे जगजाहेर छ, प्रचण्ड जीलाई यसबारे थाह छ कि छैन ?’, ‘प्रदेश सरकारले कहाँ कति भ्रष्टाचार गरेको छ प्रचण्डजीले देखाइदिनु परयो । कर्मचारी नै नरहेको मुख्यमन्त्री कार्यालयमा कसरी भ्रष्टाचार भयो ?’

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech