• ३ आश्विन २०७७, शनिबार
राजेन्द्र महताेलाई प्रधानमन्त्रीकाे जवाफ : सिमानामा बसेर नाकाबन्दी गरेपछि विकास हुन्छ?
  • स्टुडियाे संवाददाता

 

राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराले मात्रै देश समृद्ध हुने हो र? प्रशन गर्दै भने ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बेरोजगार युवाहरूका लागि १०० दिनकाे कामकाे व्यवस्था गरेको बताउँदै उनले त्यो हुन नसके ५० दिनकाे भत्ता दिने ऐतिहासिक कामको पनि सुरुवात गरेको स्मरण गराए।

उनले भने, ‘राजेन्द्र महताेजीलाई सिमामानामा नाकाबन्दी गरेर, पेट्रोल आउन नदिएर विकास हुन्छ? भनेर म साेध्दिनँ।’

ओलीले महतोलाई फेरि भने,’सरकारले राम्रा काम गर्न थाल्यो समर्थन फिर्ता लिएर बस्नुभएको छ, अचम्म लाग्छ। समर्थन फिर्ता लिने होइन, फिर्ता गरौँ। एकठाउँमा बस्न मजदुरबाट सिकौँ।’

फेरि राजेन्द्र महतोलाई नै जवाफ दिएका ओलीले भने,’सबै नेपाली सुखी हुने, नेपाल समृद्ध हुनेछ भन्दा छाती किन पोलेको? किन छाती भतभत हुन्छ ?नेपाली जनताले दुस्ख पाउनु हुँदैन, दु:खको अन्त्य गरिन्छ।’ प्रधानमन्त्रीले विकास र सामाजिक न्यायमार्फत् मुलुकलाई समृद्ध बनाइने बताए।

आफ्नो नेतृत्वको सरकारले मजदुरका धेरै काम गरेको बताएका छन्। ज्वाइन्ट ट्रेड युनियन काेअर्डिनेशन सेन्टर (जेटियुसिसी) ले मजदुर दिवसका अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मजदुरका लागि यसअघिका सरकारले कल्पना नगरेका काम गरेको दाबी गरेका हुन्।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech