• ६ आश्विन २०७७, मंगलवार
प्रहरी र तस्कर बिच झडप : प्रहरीको हतियार लुटेर फरार
  • स्टुडियाे संवाददाता

 

धनुषामा एक रक्सी तस्करहरु समूह र प्रहरी बिच झडप सृजना भएको छ । बुधबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करहरू र प्रहरी बिच झडप हुँदा प्रहरीको हतियार लुटेका छ्न ।

तस्करहरुलाई रोक्न खोज्दा गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो ।

गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् । उनीहरुले त्यसको म्यागेजिनसमेत लुटेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले प्रहरीको पेस्तोल खोसेर भागेको कुरा प्रमाणित भइनसकेको प्रतिक्रिया दिए ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech