• २ आश्विन २०७७, शुक्रबार
१३० औ मजदुर दिवस राजबिराज नगरपरिक्रमा गरि मनाईयो
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरीमा प्रमुख राजनीतिक दल सम्बद्ध मजदूर संगठनहरुले राजबिराज नगरपरिक्रमा गरी १३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन्।

प्रमुख राजनीतिक दल सम्बद्ध मजदूर संगठनहरुले बुधबार सप्तरीको राजबिराजमा विभिन्न कार्यक्रम गरी १ सय ३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका हुन्।

विभिन्न नारा लगाउदै राजबिराज नगर परिक्रमा गरि सप्तरीका मजदुरहरुले बुधबार मजदुर दिवस मनाएका हुन ।

सहभागीहरुले मजदूरहरुमाथिको श्रम शोषण रोकिनुपर्ने माग गरेका थिए। आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदूरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जना श्रमिकको सम्झनामा सन् १८८९ को मे १ देखि विश्व मजदूर दिवस मनाउन थालिएको हो।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech