• ३ आश्विन २०७७, शनिबार
हनुमाननगर कन्कालिनी नपामा बडही समाज नगर कमटी गठन
  • स्टुडियाे संवाददाता

 

नेपाल बडही समाज सप्तरीले जिल्ला सप्तरीको हनुमाननगर कन्कालिनी नगरपालिकामा नेपाल बडही समाज नगर ईकाई कमिटी गठन गरेको छ ।

नेपाल बडही समाज सप्तरीका जिल्ला अध्यक्ष बलराम शर्माको प्रमुख आतिथ्यमा र रामप्रसाद शर्माकाे अध्यक्षतामा बुधबार हनुमाननगर कन्कालनी नगरपालिकामा बडही समाज नगर कमटी गठन गरेको हो ।

नेपाल बडही समाज सप्तरीको आयोजनामा गठित नगर कमिटी गठनको अध्यक्षमा पन्च देव शर्मालाई चुनिएको सचीव रबि शर्माले जानकारी दिएका छ्न । त्यसैगरी उपाध्यक्षमा उपेन्द्र शर्मा, सचीवमा रबि शर्मा, सह सचीव ज्ञानेन्द्र शर्मा, कोषाध्यक्षमा मन्जुदेबि शर्मा रहेका छ्न ।

त्यसैगरी सदस्यहरुमा बिरेन्द्र शर्मा , देव नारायण सुतिहार, शुशिला कुमारी शर्मा र पुनिता देवि शर्मा रहेको सचिव रबि शर्माले बताउनु भयो ।

त्यस्तै सल्लाहकारमा दिनेशवर सुतिहार, राम प्रसाद शर्मा, गणेश शर्मा , लक्षमण शर्मा तथा खटर शर्मा रहेका छन ।

यश समितिको अगामी बैठक २०७६ साल जेठ ३२ गते बस्ने सचिबले बताए ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech