• २ आश्विन २०७७, शुक्रबार
सप्तरीमा “महिनाको उत्कृष्ट प्रहरी”मा धर्मेन्द्र र रन्जन घोषित
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरी जिल्लामा विभिन्न समयमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले दुई जना प्रहरी नायब निरीक्षकलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरेका छन ।

सप्तरीको ईलाका प्रहरी कार्यालय हनुमाननगर दरबन्दी भई ईलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी निरीक्षक रन्जन कुमार सिङ र यश कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र कुमार सिङले “महिनाको उत्कृष्ट प्रहरी “घोषित भएका हुन ।

सप्तरीको राजगढ गाउपालिका ३ का जागेश्वर यादवका १२ वषर्ीय छोरा लक्ष्मणकुमार यादवलाई सप्तरी प्रहरीले सोमवार मध्यराती भारत बिहारको सितामढी जिल्ला अन्तर्गत शिबहरवाट बेहोस अवस्थामा उद्धार गरि ल्याउदा उक्त प्रशाशिन्य कार्यको मुल्यांकन गर्दै उनीहरुलाई सम्मान सहित उत्कृष्ट प्रहरी घोषित गरेका छ्न ।

आफ्नै मामाको बिहेमा जन्ती गएका बालक लक्ष्मणलाई गत वैशाख १३ गते राती अपरिचित समुहले अपहरण गरि भारतीय भूमिमा पुरर्याए पछि प्रहरी नायब निरीक्षक धर्मेन्द्र र रन्जनको कमाण्डमा खटिएका टोलिले उद्दार गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सप्तरी प्रहरीले बालक हराएको नभई अपहरणमा परेको खुलेपछि सिमा क्षेत्र र भारतीय भूमिमा खोजतलास सुरु गरेको थियो । एसपी राजेन्द्र बिष्टको नेतृत्वमा २३ जना प्रहरी सादा पोसाकमा अपहरित वालकलाई खोज्न भारतीय भुमीमा परिचालित भएका थिए ।

 

 

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech