• २ आश्विन २०७७, शुक्रबार
मिथिला बमकाण्डको ७ वर्ष : मनाइयो बलिदानी दिवस
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

प्रदेशको विभिन्न जिल्लाहरुमा बैशाख १८ गते बुधबारका दिन मिथिला बमकाण्डमा मारिएका शहीदहरुको स्मरणमा बलिदानी दिवस मनाएको छ ।

प्रदेश २ का अस्थायी राजधानी जनकपुरसहित विभिन्न जिल्लामा आज बलिदानी दिवस मनाइएको हो ।

मिथिला राज्यको माग गर्दै २०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा भईरहेको शान्तिपूर्ण धर्ना कार्यक्रममा बम विस्फोट हुँदा ५ जना शहीद भएका थिए भने २ दर्जनभन्दा बढी घाइते भएका थिए ।

शहीदहुनेहरुमा मिथिला नाट्य कला परिषदका कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरण थिए ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech