• ३ आश्विन २०७७, शनिबार
ईलेक्ट्रीक पसलको गोदाममा आगलागी हुँदा लाखौंकोक्षती
  • स्टुडियाे संवाददाता

 

धनुषाको जनकपुर उप-महानगरपालिका- १० स्थित देवी चोकमा रहेको एक ईलेक्ट्रीक पसलको गोदाममा बुधवार आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ ।

पसलमा रहेको बिद्युतिय सरसामानहरु जलि नष्ट हुँदा लाखौंको क्षति भएको हो । सोही उप-महानगरपालिकाका गोविन्द प्रसाद डिभदेवलको घरमा रहेको ईलेक्ट्रोनिक पसलको गोदाममा ईन्भर्टरबाट अचानक विद्युत सर्ट भई आगलागी हुँदा लाखौ मुल्य बरावरको क्षति भएको छ ।

बुधवार करिव दिउँसो १ डेर बजको समयमा भएको उक्त आगलागी प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल धनुषा, दमकल र स्थानियको सहयोगमा ०३:०० बजेको समयमा उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ । तस्बिर : फाईल ।

  • १८ बैशाख २०७६, बुधबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech