• ५ आश्विन २०७७, सोमबार
सीमाक्षेत्रबाट तस्करले लुटेको हतियार भेटियो
  • स्टुडियाे संवाददाता

 

अवैध मदिरा निर्ायत गर्न निदादा धनुषास्थित नेपाल-भारत सीमाक्षेत्रबाट नेपाल प्रहरीको हतियार लुटिएको खुलेको छ। तस्करहरूको एक समूहले अवैध समान भित्र्याउने क्रममा बुधबार राति नेपाल प्रहरीसँग झडप भएको थियो। त्यसक्रममा तस्करको समूहले प्रहरीको हतियार लुटेका हुन्।

प्रहरीको हतियार लुटने मयिापट्टी मुसरहनिया गाउँपालिका वडा १ का मनोज कुमार यादव रहेको प्रहरीले जनाएको छ।

मंगलवार बिहान २ बजेको समयमा २५ जना तस्करहरुको समुहले जबरजस्ती मदिरा लग्न खोजेपछि भएका झडपको क्रममा प्रहरी सहायक निरीक्षक प्रमोदकुमार साहको हतियार खोसेर भागेका थिए ।

धनुषा स्थित नेपाल तथा भारतको सिमावर्ती क्षेत्रको नेपाल प्रहरीका एक प्रहरी सहाय निरिक्षकको हतियार लुटनेको पहिचान खुलेको प्रहरीेले जनाएको छ । धनुषाको दक्षिणीभेग सिमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरी र तस्कर बीच भएको झण्डपमा प्रहरीको हतियार लुटनेको पहिचान भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोही तस्करीमा संलग्न रहेको आरोपमा हतियार लुट्ने मनोज कुमार यादवको आमा शकुन्तला देवी यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीका अनुसार तस्करीमा शकुन्ता देवी यादवको समेत संलग्नता थियो ।

पेस्तोल र गोली लुटिएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा खटिएको टोलीले खोजतलासमा लागेको थियो।तस्करहरूले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहले बोकेको चाइनिज पेस्तोल १ थान, म्यागजिन र गोलीसमेत लुटेर भागेको कार्कीले बताएका छन्।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech