• ३ आश्विन २०७७, शनिबार
बसको ठक्करबाट बिहिवार बिहान वृद्धको मृत्यु
  • स्टुडियाे संवाददाता

ठक्करबाट बिहिवार बिहान पैदल यात्रीको मृत्यु भएको छ।सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट बिहिवार बिहान पैदल यात्रीको मृत्यु भएको छ।

बिहिबार बिहान पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले पैदल यात्री इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech