• ४ आश्विन २०७७, आईतवार
नेपालमा पहिलोपटक देखियो मानिसमा बर्डफ्लु, एक युवकको मृत्यु
  • स्टुडियाे संवाददाता

 

नेपालमा पहिलोपटक मानिसमा बर्डफ्लु देखिँदा एक युवकको मृत्यु भएको छ । संभवत नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लु देखिएको पल्ट हो ।

९एच फाइभ एन वान० का कारण काभ्रेमा २१ वर्षीय एक युवकको मृत्यु भएको छ।

नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख शेरबहादुर पुनःले बताए।

गत चैत १० गते ती युवामा ज्वरो र खोकीको लक्षण देखा परेपछि उपचारका लागि अस्पताल पुगेका थिए।

स्वास्थ्य जाँच पश्चात उनको र्यालको परीक्षणका संकलन गरिएको थियो। त्यसपछि उक्त र्याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech