• ३ आश्विन २०७७, शनिबार
मन्त्री साहद्वारा छिन्नमस्ता मन्दिर प्राङ्गणमा विश्राम गृहको शिलान्यास
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ को सप्तरी जिल्ला स्थित छिन्नमस्ता मन्दिर प्राङ्गणमा विश्राम गृहको शिलान्यास भएको छ् । प्रदेश २ का भुमि ब्यवस्था ,कृषि तथा सहकारी मंत्री शैलेन्द्र प्रसाद साहद्वारा छिन्नमस्ता भगवती मंदीरको प्राङगणमा विश्राम गृह शिलान्यास गरेका हुन ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमवाट पचिश लाख र सशर्त अनुदान वाट पचिस लाख गरी पचास लाखको लागतमा बिश्राम गृह निर्माण हुन लागेको बताएका छ्न ।

उक्त शिलान्यास कार्यक्रममा फोरम नेपालका नेताहरु शम्भु झा,सत्यनारायण यादव,दिनेश कुमार यादव,जिल्ला अध्यक्ष केदार यादव,पार्टीका छिन्नमस्ता गापासमिति अध्यक्ष महेश यादव लगायत स्थानीय नेताहरुको समेत उपस्थिति रहेको थियो।

यहाँ दर्शन गर्न भारतका विभिन्न जिल्ला तथा नेपालका जिल्ला बाट श्रेदालु भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech