• ३ आश्विन २०७७, शनिबार
बिद्युतको झट्काले लागि १ को मृत्यु ५ जना घाईते
  • स्टुडियाे संवाददाता

 

घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा बिद्युतको झट्काले लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका-६ स्वाचीमा बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय २३ बर्षीय भुपाल बि.क., ३६ बर्षीया तारा बि.क., बर्ष १४ की मन्जु बि.क., बर्ष ६५ की भगवती बि.क, बर्ष ६० को कुल बहादुर बि.क. र बर्ष ५६ को धनमान वनेम घाईते भएका थिए ।

घाईतेहरु मध्ये भुपाल, तारा, मन्जु र भगवती बि.क.लाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएकोमा उपचारको क्रममा भुपाल बि.क.को राती १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अन्य घाईतेहरुको उक्त अस्पतालमा उपचार भईरहेको छ भने कुल बहादुर बि.क. र धनमान वनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भईरहेको छ ।

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech