• ४ आश्विन २०७७, आईतवार
समाजसेवी सरोजको सहयोगमा एक नेपाली चेली भारतबाट नेपाल फर्काइयो
  • स्टुडियाे संवाददाता

 

समाज सेवि सरोज रायले विभिन्न समस्यामा परेकालाई उद्दार सहयोग गर्दैगर्दा भारतबाट एक बर्ष पछि एक नेपाली चेलिलाई नेपाल फर्काउन सफल भएका छ्न ।

हाल जनकपुर नेपालको छोरी ‘जानकी’ उर्फ चांदनीलाई बिहिवार सकुशल एक बर्ष पछि नेपाल फर्किउन सफल भएको समाजसेवी सरोज रायले बताएका छ्न ।

चार महिना पहिला चांदनी वारे भारतीय समाजसेवी राजु नेपाली मार्फत जानकारी प्राप्त भएको रायले बताए । उनलाई आफ्नै जिम्मेवारीमा चादनिलाई नेपाल ल्याउन सफल भएको बताएका छ्न । उनले भनेका छ्न ,’सबै कागजाती प्रकृया पुरा भई बाल कल्याण समितीले मेरो नाम नै तोकर चांदनीलाई जिम्मा लगाउन आदेश जारी गरेपछि आज चांदनीलाई घर फिर्ता ल्याउन सफल भयों ।’

पहिलेको सिरहा महोलबाना घर भएको हाल चांदनीको आफ्नो आमा-बुवाको मृत्यु भए पश्चात उनी जनकपुरमा बस्दै आएकी थिइन ।

चादनिकी सौतेली आमाले जानकी मन्दिर नजीक अरगजा पोखरी छेउमा तरकारी पसल थापेर बसिरहेका छ्न । उनकी आमा चिन्ह बाट ईन्कार गरे तर पछि छोरीको पहचान गरिन तर जिम्मेवारी लिन नमानेको सरोजले बताए ।

त्यस्तै रायले फेस्बुक मार्फत लेखेका छ्न ,’त्यसैले उनलाई जानकी प्रहरी चौकी व्यान दिलाउन लगदै थिए तर जानकी चौकको एकजना तथाकथित अभियन्ताले आमालाई रोकी दियो र म संग उमेश यादव लाई लिएर नानाथरी विवाद गर्यो । त्यो दिन त्यो अभियानी भाईले नरोकेको भए चार महिना अगाडी नै चांदनी नेपाल फर्किन थियो होला। तर म शान्त बसिन, भारत सरकारलाई पत्र लेखे, यता जनकपुर आएका नया जिल्ला प्रमुख प्रदीप राज कनेल ज्युले चाहेको जस्तो कागजात तुरन्त दिनु भयो । ‘

  • १९ बैशाख २०७६, बिहीबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech