• ६ आश्विन २०७७, मंगलवार
सुनसरी र झापाबाट लागूऔषध सहित २ पक्राउ
  • स्टुडियाे संवाददाता

 

सुनसरीको बराह नगरपालिका-१० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

 

प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डि.सी. सहित सुनसरी हरीनगरा गाउँपालिका-६ घुस्की बस्ने बर्ष ४८ को काँसिद अन्सारीलाई पक्राउ गरेको हो । दिउँसो पौने १ बजे भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई छिपाई लुकाई राखेको उक्त लागूऔषध फेला पारेको थियो । अन्सारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त प्रदेश प्रहरीले जनाएको छ ।

 

त्यसैगरी झापाको कमल गाउँपालिका-२ सुकुम्वासी टोलबाट प्रहरीले लागूऔषध सहित सोही ठाउँ बस्ने वर्ष ३० को संजिव राईलाईलाई पक्राउ गरेको छ । राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले राती साढे ७ बजे शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम-८ पिस, लुपिजेसिक-७ पिस, फेनारागन-८ पिस फेला पारेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धा भरहेको उक्त कार्यालयले जनाएको छ ।

  • २० बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech