• २ आश्विन २०७७, शुक्रबार
फेरि सप्तरीमा एक युवकले गरे आत्महत्या
  • स्टुडियाे संवाददाता

  • [addthis tool="addthis_inline_share_toolbox_3o0r"]

 

सप्तरी जिल्लामा दिन दिनै आत्महत्याको घटना भईरह्दा सप्तरीको महदेवा गाउँपालिकामा एक २५ बर्षा युवाले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।

सप्तरीको विभिन्न स्थानमा घटना विभिन्न कारणले भएको पुष्टि भइसकेको छ । सप्तरीमा आत्महत्याका घटना बढिरहँदा महदेवा गाउँपालिका १ पकरीमा भुण्डिएर मृत्यु भएको अवस्थामा २५ बर्षीय राजेश यादबको शव भेटिएको छ ।

उनले आफ्नै कोठाभित्र बलोमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसअघि हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा स्थानीय २१ वर्षीया रन्जु मुखियाको शव गत १४ गते शनिबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ । आफू सुत्ने कोठाको बलोमा नाइलनको डोरीको पासो लगाइ झुण्डिएर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो ।

त्यस्तै गत १३ गते शुक्रबार मात्रै सप्तरीको विष्णुपुर गाउँपालिका–६ रञ्जितपुर बस्ने रामकुमार यादवकी छोरी १४ वर्षीया आरतीकुमारी यादवले पनि पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

  • २० बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech