• ४ आश्विन २०७७, आईतवार
‘नमस्ते रौतहट’लाइभ म्युजिक कन्सर्ट : गायक रितेश पाण्डे,प्रमोद पिया सहितले धमाल मच्चाउने !
  • स्टुडियाे संवाददाता

 

रौतहटमा नमस्ते रौतहट साँगितिक कार्यक्रम लाईभ म्युजिक कन्सर्ट हुने भएको छ । आउँदो बैशाखको २८ गते शनिबारका दिन बिहान ११ बजेदेखि रौतहटमा नमस्ते रौतहट २०१९ भईरहेको छ  ।

भोजपुरी,मैथिली , बाज्जिका, नेपालका चर्चित कलाकारहरूको धाम्केदार प्रस्तुतिमा “नमस्ते रौतहट ” रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित ब्यारेक फिल्डमा हुने गायक प्रमोद पियाले बताए ।

नमस्ते ईभेन्ट मेनियाको ब्यानरमा नमस्ते रौतहट साँगितिक कार्यक्रम हुने छ । कार्यक्रममा स्थानीय कलाकारहरू तथा भोजपुरी,मैथिली , बाज्जिका, नेपाली कलाकारहरुको बृहत प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

जा ऐ चन्दा ले आब खवरिया जस्ता गीतबाट चर्चामा आएका गायक रितेश पाण्डेले रौतहट तताउने भएको छ । साथै नमस्ते रौतहटमा बहुचर्चित भोजपुरी गायक प्रमोद पिया , अरुणकान्त यादव, नान्सी गल, माही खान, चिन्नीलाल, गायक अरुण विजैया, गायिक ईशिका भुजेल, नृत्याँगना ममता पण्डित, पलक र गायक नेक मोहम्मद लगायतले प्रस्तुति दिने भएको छ ।

लाईभ कन्सर्टमा एकसाथ मैथिली, भोजपुरी, बज्जिका, नेपाली भाषाभाषीका कलाकारहरुको प्रस्तुतिमा जोडदार कार्यक्रम हुने आयोजक टिमले जनाएको छ । यस्तै टिकटको लागि विभिन्न ठाउँमा खरिद गर्न सकिने जनाएको छ ।

यश कार्यक्रममा मिडिया पार्ट्नरको रूपमा नेपाली स्टुडियो ,हाइवे न्युज , टुडे पाटि, न्युज ब्यूरो , थारुहट डक कम , भोजपुरी ट्याम्स, स्पेसल खबर , आज तक मधेस ,पुर्वान्च ईक्सप्रेस आदि रहेका छ्न ।

  • २० बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech