• ४ आश्विन २०७७, आईतवार
१००० ग्राम सुन सहित रौतहटबाट  एक पक्राउ
  • स्टुडियाे संवाददाता

 

रौतहट जिल्लामा मोटरसाइकलमा लुकाई छिपाई ल्याएको सुन ओसारपसार गर्ने एक युवक पक्राउ गरेको छ ।

शुक्रबार करिब साढे ५ बजे रौतहट गौर न.पा. वडा नं. ४ बसपार्क नजिकबाट रौतहट गौर न.पा. वडा नं. ५ बस्ने वर्ष २१ को अनुकेश कुमार साह १००० ग्राम सुन सहित पक्राउ परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक पपु नायकको कमाण्डमा खटिएको बिषेश प्रहरी टोलीले सुराकीको आधारमा लु. ४ प. ५८०३ नं.को ग्ल्यामर मोटरसाईकल चेकजाँच गर्दा उनलाई पक्राउ गरेका हुन ।

वर्ष २१ को अनुकेश कुमार साहको साथबाट सुन जस्तो देखिने पहेलो धातु ४ पिस फेला परेको थियो ।

उक्त पहिलो २४४ ग्राम, दोस्रो-२४६.८ ग्राम, तेस्रो-२५३.१० ग्राम, चौथो २५६.१ ग्राम रहेको धातुलाई सुन चाँदी व्यवसायी संघ रौतहटलाई परीक्षणको लागि पठाईएकोमा सुन प्रमाणित भएको प्रहरीले बताए ।

उनलाई राजस्व छली कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, मध्यमाञ्चाल क्षेत्रीय कार्यालय पथलैया पठाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

  • २० बैशाख २०७६, शुक्रबार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech