• ५ आश्विन २०७७, सोमबार
विष्णपुरमा आफ्नै छोराले गरे बुवाको हत्या
  • स्टुडियाे संवाददाता

 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ विष्णपुरमा आफ्नै छोराले बुवाको हत्या गरेको छ । यता छोरा हत्या गरि फरार रहेको छ ।

हत्या ३२ वर्षीय छोरा देवकुमार रामले ६० वर्षीय जगदिश रामको कुटपिट गर्दा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका जगदिशको उपचारको क्रममा मृत्यु भएको स्थानीय मेडिकल रामपुर मल्हनियालाई उद्तृत गर्दै प्रहरीले जनाएको छ ।

त्यसैगरी कुटपिट गर्ने देव कुमार रामको प्रहरीले खोज तलास र अनुसन्धान गरिरहेको छ ।

  • २२ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech