• ४ आश्विन २०७७, आईतवार
जनकपुर रेल्वे सरसफाइ
  • स्टुडियाे संवाददाता

 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत शनिबार जनकपुर रेल्वे सरसफाइ गरेको छ ।

रेलवे धनुषाको सप्ताहिक सरसफाई अभियन्ताको संयुक्त आयोजना वडा प्रहरी कार्यालय रेलवे धनुषाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक रामजीवन प्रसाद कुर्मीको कामाण्डमा खटिगएका ७ जना प्रहरीहरुले रेल्वे ट्राय्क सरसफाइ गरेको हो ।

त्यससँगै स्थानिय समाजसेवी,बुद्धिजिवि,नागरिक समाज,बिभिन्न संघ संस्थाका प्रतिनिधि,महिला,स्थानिय क्लव समेत गरी ३० जनाको उपस्थितिमा जनकपुर उप महानगरपालिका वडा नं.१ स्थित रेलवे ट्रयाक सरसफाई गरेको प्रहरीले जनाएको छ ।

  • २२ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech