• ३ आश्विन २०७७, शनिबार
भारततर्फ लैजादै गरेको गाई र बाछाहरु नियन्त्रणमा
  • स्टुडियाे संवाददाता

 

भारत तर्फ तस्कर हुँदै गर्दा रौतहट जिल्लामा एक गाई र दुई बछाहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नं. ८ बेलबिछुवा स्थित दशगजा सडक खण्ड हुँदै भन्सार छलि चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको गाई ज्यान -१ र बाछा ज्यान -२ नियन्त्रणमा लिएको हो ।

प्रहरी लाइ देख्न साथ अपरिचत ब्यक्ती उक्त गाई र बाछाहरु छाडी भारत तर्फ भागी फरार भएको प्रहरीले जनाए ।

जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको मुल्य बाह्र हजार बरावरको गाई र बाछाहरु समेत आवश्यक कार्वाहीको लागी गौर भन्सार कार्यालय रौतहट बुझाईएको छ ।

  • २२ बैशाख २०७६, आईतवार प्रकाशित
  • नेपाली स्टुडियाेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई mail.nepalistudio@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

    Nabintech